प्रेम देवान
असार विराटनगर । आगामी साउन ४ र ५ गते मोरंगको ९ वटै निर्वाचनक्षेत्रमा नया संविधानको प्रारम्भिक मस्यौदाका विषयमा वृह्द सुझाव संकलन गरिने भएको छ ।
जिल्ला प्रसासन कार्यालय मोरंङले विराटनगरमा आज गरेको छलफल कार्यक्रमा सो विषयमा जानकारी दिएको हो ।
नया संविधान जारी गर्न जनताको सुझाव संकलनका लागी आएको सभासद्को टोलीले मोरंङ क्षेत्रन–१ का लागी सिजुवा, क्षेत्रन २ का लागी पथरी, ३ का लागी वेलवारी यसैगरी क्षेत्र न ४ का लागी रंगेली, क्षेत्र न ५ का लागी रानी विराटनगर क्षेत्र न ६ का लागी झोराहाट, क्षेत्रन ७ कालागी टंकीसिनवारी, क्षेत्र न ८का लागी केरावारी तथा क्षेत्रन ९ कालगी लेटाङमा वृह्द सुझाव संकलन कार्यक्रम राखिएको मोरंग प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिनुभयो ।
सुझाव संकलनका लागी गाउ गाउमा असार ३१ गते नै सभासदहरु गाउ पुग्ने बताइएको छ ।
संसद सचिवालयल आयोजनामा हुन लागेको वृह्द सुझाव संकलनका लागी सफल बनाउन गाउ विकास समितिका सचिव , कर्मचारी तथाहरुलाइ समेत परिचालन गरिएको छ ।
सचिवालयका उप–सचिव मनोज कुमार गिरीले नया संविधानका लागी सुझाव संकलन गर्न कार्यक्रको आयोजना गर्न लागेकाले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।