आम हडतालका कारण पूर्वको जनजीवन प्रभावित

आम हडतालका कारण पूर्वको जनजीवन प्रभावित

झापा, ३१ असार ।  लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुण पूर्वका नौ  जिल्लामा आह्वान गरेको आम हडतालका कारण बिहीबार पूर्वको जनजीवन प्रभावित भएको छ ।

अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले गरेको आम हडतालका कारण पूर्वको जनजीवन प्रभावित भएको हो । बन्दका कारण लामो दूरीका सवारीसाधन छिटफुट मात्र चलेका छन् भने छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

त्यस्तै उद्योगधन्दा, कलकारखाना पनि सञ्चालनमा आउन सकेका छैनन् । सो पार्टीले शिक्षण संस्था र तिनका सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न दिने तथा आम हडतालको कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउने जनाएको छ । प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बन्दका कारण झापामा अहिलेसम्म कुनै अप्रिय घटना नभएको र उच्च सतर्कता अपनाएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्