सरकारी कार्यालयको काम कार्वाहीलाइ थप प्रभावकारी बनाउन जोड

सरकारी कार्यालयको काम कार्वाहीलाइ थप प्रभावकारी बनाउन जोड

 

असार ३१ विराटनगर ।

सरकारी कार्यालयको काम कार्वाहीलाइ थप प्रभावकारी बनाउन विराटनगरमा आज सरकारी कार्यालयका प्रमुख र संचारकर्मी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा , सहभागीहरुले कार्यालयवाट दिने सेवालाइ थप प्रभावकारी बनाउदा कार्यालयले गरेको गतिविधीका विषयमा पारदर्सिरुपले समाचार सम्प्रेषण गरिरहेकोमा जोड दिएका थिए ।

उहाहरुले, संचारकर्मीलेपनी कुन समाचार कसरी माग्ने कुन दिनहुने वा नदिन हुने वारेमा समेत ध्यान पु¥याउनु जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्नुहुदै कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख गणेश कार्कीले, कार्यालयको कामलाइ पारदर्सि बनाउन र कर्मचारी र संचारकर्मी विचको सम्वन्धलाइ सुमधुर बनाउन कार्यक्रमवाट थप वल पुगेको बताउनुभयो ।

कोष नियन्त्रक हेमन्त कुमार गौतमले कार्यालयले , चाडै अनलाइन मार्फत सेवा प्रदानगर्न लागेको बताउनुभयो ।

सो अवसरमा सडक तथा सहरी विकास कार्यालयका प्रमुखहरुले समाचार सार्वजनिकगर्न संचारकर्मीलाइ सक्दो सहयोग प्रदानगर्ने बताउनुभयो ।

कार्यक्रममा मोरंग जिल्लाका एकदर्जन सरकारी कार्यालयका प्रमुख तथा संचारकर्मीको सहभागित थियो ।

मोरंग जिल्लामा ९७ वटा सरकारी कार्यालय हरु रहेका छन । सवै सरकारी कार्यालयहरुले कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत काम संचालन गरि रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्