सुझाव सङ्कलन गर्न सभासद आजदेखि निर्वाचन क्षेत्र जाँदै

<span class='c1'>सुझाव सङ्कलन गर्न सभासद</span> <span class='c2'>आजदेखि निर्वाचन क्षेत्र जाँदै</span>

 

प्रेम देवान

विराटनगर १ साउन ।

संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवं नागरिकबाट राय सुझाव सङ्कलनका लागि सभासदहरु आजदेखि जिल्ला र निर्वाचन क्षेत्र जाँदैछन् । मस्यौदा भने यसअघि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पु¥याइसकेका छन् । सभासदहरु जिल्ला र क्षेत्रमा पुगेपछि मस्यौदाको प्रचारप्रसार र सुझाव संकलनको काम प्रभावकारी बन्ने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला राणाले बताउनुभयो । अहिले पनि टोल फ्रि नम्बर, वेवसाइट, इमेल, फ्याक्स र हुलाकमार्फत सुझाव प्राप्त भैरहेको समितिले जनाएको छ । समितिका अनुसार देशका विभिन्न ठाउँ र विदेशमा रहेका नेपालीले समेत सुझाव पठाइरहेका छन् । पहिलो मस्यौदामा नागरिकले दिएका सुझाव र संविधानसभामा पेश भएका फरक मतलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइनेछ । संवाद समितिले एकीकृत गरेर संविधानसभामा पठाएपछि फेरि मस्यौदा समितिमार्फत संविधानको अन्तिम मस्यौदा तयार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्