बिराटनगरको मेरिल्याण्ड  बि.बि.ए मा गायन प्रतियोगिता

बिराटनगरको मेरिल्याण्ड  बि.बि.ए मा गायन प्रतियोगिता

बिराटनगर, साउन १
बिराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कलेज स्तरिय गायन प्रतियोगिताको आयोजना गरेको छ ।

"एमसिबि आईडल" को नाम दिईएको प्रतियोगितामा सहभागिले बिभिन्न बिधाका गित गाएर मनोरन्जन दिएका थिए । प्रतियोगितामा सहभागि भएको १७ जना  युवाहरुले बिभिन्न प्रथम द्धितिय र तृतीयलाई पुरस्कृत समेत गरिएको छ ।
प्रतियोगिताबाट प्रथम हुनेमा नविना बस्नेत, द्धितिय पुजा सिंह, तृतिय बाहिल वस्ती भएका छन् । त्यस्तै चौथो र पाँचौमा क्रमश रिशब शर्मा र लिना रौनियार भएको कजेलका बिजनेस डेभलप्मेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागिको प्रस्तुतीको मुल्याङनको लागि साहित्यकार बिवश पोखरेल र गायक रबिन श्रेष्ठले निर्णय गर्नु भएको थियो ।
कलेजले गर्ने बार्षिक नयाँ कार्यक्रम अनुसार यो प्रतियोगिताको आयोजना गरिएको कलेज ब्यवस्थापनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्