धर्म निरपेक्षता हटाउन माग गर्दै विराटनगरमा विशाल सभा

धर्म निरपेक्षता हटाउन माग गर्दै विराटनगरमा विशाल सभा

 

विराटनगर - संविधानको मस्यौदाबाट धर्मरिनपेक्षताको प्रावधान हटाउन माग गर्दै विराटनगरमा शनिबार विशाल आमसभा आयोजना गरिएको छ ।

धर्म सापेक्ष राष्ट्र माग गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउन आमसभा गरिएको हो । स्थानीय आदर्श उच्च माविको परिसरमा भएको सभामा हिन्दु राष्ट्र पक्षधरको उल्लेख्य सभागिता थियो । बसमा चढेर सहभागीहरु मेरङ र सुनसरीका टाढाटाढाबाट आएका थिए ।

धर्मसापेक्ष राष्ट्र बनाउन दबाब दिने उद्देश्यले कार्यक्रम गरिएको थियो । सभा बोल्ने वक्ताले मस्यौदामा षडयन्त्रपूर्वक रुपमा धर्म निरपेक्षता राखिएको आरोप लगाए ।

संयुक्त राष्ट्र संघका पूर्वस्थायी प्रतिनिधि जयराज आचार्यले नागरिकको चाहना बुझेर धर्मको निर्णय हुनुपर्ने बताए । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले देशमा इशाई धर्मको प्रचार गरी सोझासिधा मानिसलाई धर्म परिर्वतन गराउन यस्तो प्रावधान ल्याइएको बताए । सन् २०२५ सम्म नेपाललाई षडयन्त्र गर्दै पूर्ण इशाई मुलुक बनाउन अमेरिका र बेलायत लागि परेको उनले आरोप लगाए ।

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले मस्यौदाको धारा ४ मा भएको धर्मनिरपेक्षता नहटाएर कडा आन्दोलन हुने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धर्मनिरपेक्षतालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताए । सनातन हिन्दु राष्ट्र जागरण अभियानले मोरङसहित सुनसरी र पूर्वी भेगमा धर्म सापेक्ष राष्ट्रको विषयमा अभियान नै सुरु गरेको हो । धर्मनिरपेक्षता हटाउन सुझाव दिन अभियान नै चलाइएको अभियानका मोरङ संयोजक श्याम पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्