आज देशभर इद उल फित्र मनाइदै

<span class='c1'>आज देशभर इद</span> <span class='c2'>उल फित्र मनाइदै</span>

बिराटनगर साउन ३

मुसलमानहरूको पवित्र एकमहिने पर्व रमादान पर्व (रोजा) ब्रत पूरा भएको खुसियालीमा आज मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदैछन । अति नै कठिन ब्रतका रूपमा लिइने सो ब्रत बिहान ३ः३५ बजेदेखि सुरु भई साँझ ७ः०५ बजेसम्म निराहार रही विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको केन्द्रीय हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले जानकारी दिनभयो । सो समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न तथा हेर्न नहुने जस्ता कडा नियम छन् । रोजा ब्रत आज सम्पन्न हुने भएकाले त्यसको खुसियालीमा मुसलमान समुदायले आज इद उल् फित्र मनाउने उहांले बतानुभयो । रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ । इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । सरकारले इद उल् फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्