विराटनगर, ३ साउन : विराटनगर–१८ स्थित एमएम प्लाष्टिक उद्योगमा आइतबार अपरान्ह आगलागी भएको छ । उद्योगको जेनरेटर कोठामा भएको आगलागीबाट भण्डै १ करोड बराबरको क्षति भएको उद्योगका व्यवस्थापक केशव गिरीले बताउनुभयो । उहाँले समयमै खबर गरे पनि भण्डै १ घण्टा ढिलोमात्र दमकल आइपुगेको बताउनुभयो । विराटनगर उपमहानगरपालिकाको २ वटा दमकल, उद्योगका कर्मचारी र इलाका प्रहरी कार्यालय रानीका प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।