आज देशभर एकसाथ सुझाव संकलन गरिँदै

<span class='c1'>आज देशभर एकसाथ</span> <span class='c2'>सुझाव संकलन गरिँदै</span>

प्रबिन दाहाल

काठमाण्डौ साउन ४

संविधानको प्रारम्भीक मस्यौदामा आज देशभर एकसाथ सुझाव संकलन गरिँदैछ ।
२४० वटै निर्वाचन क्षेत्रमा पायक पर्ने स्थानमा आयोजना गरिने कार्यक्रममा जनताले प्रत्यक्ष सहभागी भएर सुझाव दिन सक्नेछन् । काडमाडौं, भक्तपुर, ललितपुरसहितका ठूला निर्वाचन क्षेत्रहरुमा एउटै क्षेत्रमा धेरै ठाउँमा सुझाव संकलन गरिने संविधानसभा सचिवालयले जनाएको छ । सुझाव संकलन गर्न सभासद र कर्मचारीहरुको टोली क्षेत्रमा रहेका छन् ।
सुझाव संकलनलाई सरकारले पनि अभियानकै रुपमा अघि बढाएको छ । मस्यौदामा सुझाव दिन सहज होस् होस भनेर आज र भोलि सार्वजनिक विदा दिइएको छ । सुझाव संकलनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेस केन्द्रीत चार दलले मस्यौदाको विरोध गरिरहेकाले अप्रिय घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्