आज साउनको पहिलो सोमबार

<span class='c1'>आज साउनको</span> <span class='c2'>पहिलो सोमबार</span>

प्रबिन दाहाल

काठमाण्डौ साउन ४

आज साउनको पहिलो सोमबार , प्रत्येक बर्ष साउनको सोम्बारका दिन भक्तजनहर ब्रत बस्ने चलन रहँदै आएको छ र साउन भरिका सोमबारका दिन भक्तजन हरु बिभिनन मन्दिर गएर पुजा गर्ने चलन पनि रहँदै आएको छ । यसै अवसरमा आज काठमाण्डौको पशुपति नाथ मन्दिर लगाएत देशैभरका बिभिन्न मन्दिर हरुमा भक्तजनको भिड लागेको छ ।
साथै पुर्वमा सुनसरीको धरान स्थित पिण्डेश्वर बाबाधाममा जल चढाउन जाने भक्तजनहरुको घुइचो लागेको छ ।
सोमबारबाट सुरु भएको साउने बोलबम मेलाको अवसरमा पिण्डेश्वर बाबाधामको शिवलिङमा जल चढाउन देशका विभिन्न जिल्ला र भारतबाट भक्तजनहरु पुगेका छन् ।
प्रत्येक साउने सोमवारका दिन सप्तकोसी नदीबाट जल लगेर पिण्डेश्वर मन्दिरमा चढाउंदा मनोकांक्षा पुरा हुने धार्मिक विश्वासका साथ धरानमा बोलबम मेला लाग्ने गर्दछ ।
उता, पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको गलेश्वरमा पनि आज विहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको छ । साउने सोमबारकै अवसरमा पर्वतका विभिन्न ठाउँमा रहेका शिवालयहरुमा पनि भक्तजनहरुको घुँईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार नजिकै रहेको गुप्तेश्वर गुफा, छिमेकी गाविस कटुवाचौपारीमा रहेको अलपेश्वर गुफा, दक्षिण पर्वतको शालिग्राम शिला, स्याङजा र कास्कीको सिमानामा रहेको पञ्चासे, छायाँक्षेत्र मन्दिरलगायतका शिवालयहरुमा भक्तजनहरुको घुँईचो लागेको हो ।
उता, जनकपुरको कपिलेश्वर, जलेश्वर, सिरेश्वर र कलानेश्वर महादेवको मन्दिरमा पनि जल चढाउने भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।
यसैगरी, अर्घाखांचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा पनि सोमबारदेखि एक महिने धार्मिक साउने मेला सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्