लियो जिल्ला परीषद ३२५ A1 को तालिम सम्पन्न

लियो जिल्ला परीषद ३२५ A1 को तालिम सम्पन्न

 

प्रेम देवान

विराटनगर ५ साउन । लियो जिल्ला परीषद ३२५ A1 को अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । एक दिने अभिमुखिकण कार्यक्रम अन्र्तगत एरीया ईस्ट रिजन १,२ र ३ का क्लवहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हरेक बर्ष नयां लियो क्लवका अध्यक्ष, सचिव , कोषाध्क्ष लगायत नयां सदस्याहरुलाई क्लवको भुमिका, दायित्व, र काम कर्तव्यको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न एरीयाका लियो क्लवहरुका ८० जना तालिममा युवा सहभागी भएको जनसम्र्पक अधिकारी लियो संन्जु कटुवालले जानकारी दिनुभयो । सो तालिमका सहजीकरण ईस्ट एरीया कोअडिनेटर शिव रिजालले गर्नुभएको अधिकारीले बताउनुभयो । कार्यक्रममा पुर्व गर्भनर ३२५ A1 का भिम घिमीरे, सिनियर एरीया कोअर्डिनेटर घनश्याम राठी, लियो क्लवका चेम्बर पर्सन कैलास खांकी श्रेष्ठ, एरीया कोअडिनेटर रंजन शाही, ज्योती गुप्ता, एलीसा तिम्सीना,भगवती थापा, लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सबैभन्दा बढी सहभागी गराउने लियो क्लव अफ सेन्ट्रललाई पुरस्कृत गर्नुका साथै अतिथीहरुलाई सम्मान गरीएको जिल्ला परिषद्का सहसचिव सुभाष भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्