चतुर्मासमा सहभागी हुन विदेशी पर्यटक विराटनगर आउने

<span class='c1'>चतुर्मासमा सहभागी हुन विदेशी</span> <span class='c2'>पर्यटक विराटनगर आउने</span>

मोरङ, ६ साउन ।  विराटनगरमा बुधबारदेखि सुरु हुने जैन धर्मावलम्बीको पर्व चातुर्मासमा सहभागी हुन विभिन्न देशबाट धार्मिक पर्यटक आउने भएका छन् ।

जैन तेरापन्थ सभाका संयोजक मालचन्द सुरानाका अनुसार चार्तुमासमा सहभागी हुन अमेरिका, अस्ट्रेलिया, क्यानडा, भुटान, बङ्गलादेश, भारत, रुसलगायत देशबाट जैन धर्मावलम्बीको सहभागिता रहनेछ ।

चातुर्मास आयोजक समिति सदस्य राकेश सुरानाका अनुसार १० लाख पर्यटकको व्यवस्थापनका तथा आवासका लागि ६०० टहरा निर्माण भइसकेको छ ।  आवासका लागि ५० हजार विदेशी पर्यटकले आवास स्थान बुकिङ गरिसकेका छन् ।

जैनधर्मका मुख्य गुरु आचार्य महाश्रवण चातुर्मासका लागि आज विराटनगर आइपुगेका छन् । चार महिनासम्म चल्ने चातुर्मासमा गुरु महाश्रवणले धार्मिक प्रवचन दिनुका साथै नसा मुक्त समाज अभियानको थालनी गर्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्