सातौं राष्ट्रिय खेलकुद मंसिरमा , बिराटनगरमा उद्घाटन खेल

सातौं राष्ट्रिय खेलकुद मंसिरमा , बिराटनगरमा उद्घाटन खेल

बिराटनगर साउन ६

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर ११ गतेदेखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने भएको छ। राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताका अधिकांश खेल सुनसरी, मोरङ र झापामा हुने बताए। उनले केही खेल सप्तरी, सिरहा र उदयपुरमा समेत गरिने समेत जानकारी दिए। उक्त प्रतियोगिताको उद्घाटन खेल बिराटनगरमा हुने छ भने समापन धरानमा हुने छ । कुन-कुन खेल कहाँ हुने भन्ने अहिले सम्म तय भएको छैन । यस प्रतियोगिताले पुर्वान्चलको खेल पर्यटनलाई पनि टेवा पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्