काठमाडौंमा फेरि भूकम्पको झड्का

<span class='c1'>काठमाडौंमा फेरि</span> <span class='c2'>भूकम्पको झड्का</span>

काठमाडौंको सुन्दरीजललाई आसपास बनाएर बुधबार राति भूकम्पको धक्का महसुस भएको छ।

बुधबार राति १० बजेर १४ मिनेटमा गएको भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सेतोपाटीलाई बताए।

काठमाडौंको भृकुटीमण्डपलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पबाट काठमाडौँका अधिकांश भागमा धक्का महसूस गरिएको छ। यसअघि मापन केन्द्रले काठमाडौबाट २० किलोमिटर उत्तरपूर्व केन्द्र सुन्दरीजल र सिन्धुपाल्चोकको सीमामा केन्द्रबिन्दु भएको बताएको थियो।

वैशाख १२ गतेको ठूलो भूकम्प पछि परकम्प आउने क्रम निरन्तर जारी छ। लामो समयपछि फेरि भूकम्पको महसुस भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्