प्रेम देवान
विराटनगर ६ साउन । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष बिजय कुमार गच्छदारले अब संबिधान निर्माणको कामले पुर्णता पाएको बताउनु भएको छ । संबिधानको बिरोध गर्नेहरु असफल भएको दाबी गर्दै गच्छदारले संबिधान चाँडै जारी हुने बताउनु भएको हो । बिराटनगर बिमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै गच्छदारले संबिधान निर्माणको क्रममा जनताको सुझाव सकारात्मक आएकाले त्यसको सम्बोधान हुने गरी संबिधान ल्याउने उहाँके दाबी छ । उहाँले अहिलेको परिस्थीतीमा संबिधान निर्माणमा बिभिन्न क्षेत्रबाट भएको बिरोधको कुनै तुक नभएको उल्लेख गर्दै संबिधान निर्माणमा जनतासँग सुझाव संकलन गर्न जाँदा नै बिरोध गर्ने पक्ष सकिएर जाने गच्छदारको टिप्पणी छ । नामाङकन सहितको संबिधान आउँदा अदालतको आदेशलाई समेत सम्बोधन हुने भएकोले नामाङकन सहितको संबिधान ल्याउने बारेमा छलफल भईरहेको गच्छदारले खुलासा गर्नु भयो ।