पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलमैदान अनुगमन

पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलमैदान अनुगमन

 

विराटनगर ६ साउन ।

आगमी मंसिर ११ देखी १८ गतेसम्म पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागी पूर्वाञ्चलको खेलकुद पूर्वाधार निरीक्षिण गर्ने क्रममा मोरङको विराटनगर लगायतको विभिन्न खेलमैदानको निरीक्षण गरीएको छ । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार विष्टसहितको टोलीले मोरङको झापा बैजानथपुरमा रहेको खेलमैदान तथा विराटनगरको सहिद मैदानसहित जुटमिलको खेलमैदान आज निरीक्षण गरीएको हो । राष्ट्रिय प्रतियोगितामा ३५ देखी ४० वटा खेलहरु समावेश हुने सदस्य सचिब विष्टले बताए । उनका अनुसार यसअघि धनगढीमा सम्पन्न भएको प्रतियोगितामा ३२ वटा खेलहरु रहेको थियो । यस वर्ष हुने प्रतियोगितामा उद्घाटन विराटनगरमा हुने र समापन सुनसरीमा हुने भएको छ । विराटनगर र सुनसरीको धरान, इटहरी र झापामा धेरै खेलहुने भएको छ । उदयपुर, बसन्तपुर, सिरहा, सप्तरी, गाईघाटमा समेत १÷१ खेल हुने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्