पूर्वाञ्चलमा पचास प्रतिशत रोपाइँ

<span class='c1'>पूर्वाञ्चलमा पचास</span> <span class='c2'>प्रतिशत रोपाइँ</span>

विराटनगर, १ साउन । धानबाली रोपाइँको मुख्य महिना मानिने असारमा पूर्वाञ्चलमा अझै पनि ५० प्रतिशत रोपाइँ सम्पन्न हुन सकेको छैन ।

असार महिनामा मनसुनी वर्षा पर्याप्त मात्रामा हुन नसकेको र अधिकांश खेती आकाशे भरमा हुने गरेकाले किसानले उचित समयमा रोपाइँ गर्न नसकेका हुन् । असारको अन्तिम सातामा पूर्वी क्षेत्रमा मनसुनी वर्षा भएकाले तीन÷चार दिनदेखि किसानले रोपाइँ कार्यलाई तीव्रता दिएका छन् ।

पूर्वाञ्चलका १६ जिल्लाको कुल पाँच लाख १३ हजार ४५६ हेक्टरमा रोपाइँ हुने जग्गामध्ये ४४ दशमलव ४ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ । सोमध्ये पूर्वाञ्चलको तराईमा ४६ दशमलव ४२ प्रतिशत, मध्यपहाडमा ३९ दशमलव ९३ र उच्चपहाडमा ३९ दशमलव १५ प्रतिशत रोपाइँ सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

तराईका पाँच जिल्लामध्ये सुनसरीमा ५८ हजार ५०० हेक्टर रोपाइँ हुने जग्गाको ५५ दशमलव ७ प्रतिशत, सप्तरीको ७० हजार हेक्टर जग्गाको ७ दशमलव ९ प्रतिशतमा रोपाइँ सम्पन्न भएको हो । सोहीअनुरुप, रोपाइँ हुने झापाको ८८ हजार हेक्टरको ५३ प्रतिशत, मोरङको ९७ हजार ८६० हेक्टर जग्गाको ५२ दशमलव ४ प्रतिशत र सिरहाको ६० हजार ७५७ हेक्टर जग्गाको १५ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएको बाली प्रसार अधिकृत अभिमन्यु अधिकारीले जानकारी गराए ।

मध्यपहाडका आठ जिल्लाअन्तर्गत तेह्रथुमको १० हजार १४२ हेक्टर जग्गाको ९४ दशमलव ६ प्रतिशत, पाँचथरको १५ हजार ४३२ हेक्टर जग्गाको ५२ प्रतिशत, भोजपुरको २० हजार ९३३ हेक्टर जग्गाको ४३ दशमलव ५ प्रतिशत र उदयपुरको १६ हजार ८५ हेक्टर जग्गाको ४१ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

त्यस्तै, सोही क्षेत्रका ओखलढुङ्गाको ६ हजार ६०५ हेक्टर जग्गाको ४० दशमलव ६ प्रतिशत, खोटाङको १५ हजार २०२ हेक्टर जग्गामध्ये ४० दशमलव ५ प्रतिशत, इलामको १४ हजार ८१५ हेक्टर जग्गामध्ये २२ दशमलव ६ प्रतिशत र धनकुटाको ११ हजार २०४ हेक्टर जग्गामध्ये १६ दशमलव ७ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

पूर्वाञ्चलका तीन उच्च पहाडी जिल्लामा सोलुखम्बुको एक हजार ५२५ हेक्टर जग्गाको ८५ प्रतिशत, सङ्खुवासभाको १५ हजार ४९६ हेक्टर जग्गाको ६१ दशमलव ७ प्रतिशत र ताप्लेजुङको १० हजार ९०० हेक्टर जग्गामध्ये ३४ दशकमल ९ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्