लागुऔषध सहित बिराटनगरमा दुई पक्राउ

लागुऔषध सहित बिराटनगरमा दुई पक्राउ

बिराटनगर, श्रावण ८ गते।

मोरङको बिराटनगर उपमहानगरपालीका स्थित नेपाल भारत सिमानामा प्रहरीले  लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ।

क्षेत्रीय अनुसन्धान समूहको टोलीले बिराटनगर उपमहानगरपालीका २१ स्थित नेपाल भारत सिमानाको २ नम्बर ढाटबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ केराबारी ५ का ३४ बर्षिय चन्द्र बहादुर कार्की र केराबारी ६ का ३८ बर्षिय होम बहादुर घिमिरे रहेका छन्। भारतको जोगबनिबाट आउदै गरेको को. १६ प ६५६८ नम्बरको मोटरसाईकललाई प्रहरीले चेक जाँच गर्दा सो मोटरसाईकलको सिट मुनि लुकाएर राखेको लागुऔषध कोरेक्स १९ बोटल र नाईट्रोजन २० ट्याब्लेट बरामद भएको हो।

पक्राउ परेका दुबैलाई लागुऔषध सहित आवश्यक कार्वाहिको लागी ईलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्