विराटनगर जुट मिल सञ्चालक समितिको अध्यक्षमा नीलहरि काफ्ले

विराटनगर जुट मिल सञ्चालक समितिको अध्यक्षमा नीलहरि काफ्ले

विराटनगर,८ साउन । उद्योगमन्त्री महेश बस्नेतले बन्द भएको विराटनगर जुट मिल सञ्चालक समितिको अध्यक्षमा नीलहरि काफ्लेलाई नियुक्त गरेका छन् । उनले मिलको निर्देशकमा राजेन्द्र कार्कीलाई पनि नियुक्त गरेका छन् ।
पार्टीले उक्त पदहरुमा मजदुर नेता धर्मानन्द संजेल र मीनकुमार आचार्यलाई सिफारिस गर्ने तयारी गरेको थियो । तर एक्कासी चलचित्र निर्देशक काफ्ले र पूर्व बिधार्थी नेता कार्कीलाई नियुक्त गरेपछि स्थानीय तहमा विवाद देखिएको थियो । ‘माधव नेपाल र झलनाथ खनाल’ पक्षीय नेताले भने उक्त नियुक्तीलाई ‘ब्याक्तिगत’ निर्णय भन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्