विराटनगरमा डिजिटल केवुल टिभी परीक्षण प्रशारण सुरु

विराटनगरमा  डिजिटल केवुल टिभी परीक्षण प्रशारण सुरु

विराटनगर, ९ साउन : विराटनगरस्थित केवुल टिभी सेवा प्रदायक टिभी नेट प्रालिले शनिबारदेखि डिजिटल सेवाको परीक्षण प्रशारण सुरु गरेको छ । टिभिनेट प्रालिले विराटनगर–१७ स्थित कोशी प्रोजेक्टचोकमा आफ्नो चौथो ग्राहक सेवा विस्तार गर्दै फाइबर टू होम प्रविधिको डिजिटल सेवाको परीक्षण सुरु गरेको हो । ग्राहकहरुलाई बिना झन्झट गुण्स्तरीय सेवा दिने उद्देश्यले नगरक्षेत्रका विभिन्न १० ठाउँमा सेवा केन्द्र राख्ने लक्ष्यअनुरुप टिभी नेटले वडा नम्बर १७ मा आफ्नो चौथो शाखा विस्तार गरेको हो । सो ठाउँमा शनिबार आयोजित एक कार्यक्रमका बीच स्थानीय ९६ वर्षीया ज्येष्ठ नागरिक रत्नकुमारी दाहालले ग्राहक सेवा केन्द्रको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै टिभी नेट प्रालिका अध्यक्ष दिनेश सुवेदीले केवुल टेलिभिजनलाई एनालगबाट डिजिटल प्रविधिमा लाने तयारीस्वरुप ग्राहक सेवा केन्द्र विस्तार गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई संसारको विकसित मुलुकझैं अत्याधुनिक डिजिटल सेवा दिन फाइबर टू होमको प्रविधि ल्याउन लागेको जानकारी दिनुभयो ।  यस्तै टिभि नेटका निर्देशक दिपेश सुवेदीले फाइबर टू होमको डिजिटल प्रविधि सुरु भएपछि उपभोक्ताले आ–आफ्नो घरमा एउटा सेटअप बक्स राख्नुपर्ने बताउनुभयो । उहाँले आउँदो तीन महिनाभित्र टिभी नेटले उपभोक्तालाई सामान्य शुल्कमा सेटअप बक्स उपलब्ध गराउने जानकारी दिनुभयो । यस्तै टिभी नेटका सञ्चालक समिति सदस्य दिवस सुवेदीले डिजिटल सेवा सुरु भएपछि उपभोक्ताले कन्डिसनल एक्सेस सिस्टमको आधारमा आफूलाई हेर्न इच्छा लागेको च्यानलको रकम मात्र तिर्न सक्ने बताउनुभयो । उहाँले फाइबर टू होमको प्रविधिबाट उपभोक्ताको घरमा पठाउन लागिएको सिंगनलबाट एचडी क्वालिटीमा टिभी हेर्न सकिनुका साथै इन्टरनेटसम्बन्धी अन्य अत्यधुनिक सेवाहरुसमेत उपलब्ध हुने जानकारी दिनुभयो । यस्तै टिभी नेटका सहायक प्रमुख उमेशचन्द्र दाहालले सेवा केन्द्र विस्तारको अवसरमा टिभी नेटले यस क्षेत्रका नयाँ ग्राहकका लागि धरौटीबापतको रकम नलिने र निःशुल्क जडान गरिदिने जानकारी दिनुभयो । यस्तै टिभी नेटका प्राविधिक प्रमुख अर्जुन निरौलाले सन् २०१५ सम्म टिभी नेटले आफ्नो सेवालाई डिजिटल सेवामा परिणत गर्ने लक्ष्यअनुरुप ग्राहक सेवा केन्द्र विस्तारलाई निरन्तरता दिएको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक रत्नकुमारी दाहाललाई दोसल्ला र रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्