बिराटनगर, साउन १० गते।
बिराटनगर उपमहानगरपालीका २१ स्थित नेपाल भारत सिमानाको १ नम्बर ढाटबाट शनिवार क्षेत्रीय अनुसन्धान समुहको प्रहरी टोलीले सालकको खपटा सहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खाँदवारी राम्चे १ का १६ बर्षिय निरज न्यौपाने र बिराटनगर ७ का ३२ बर्षिय शंकर महतो रहेका छन्। भारतको जोगबनीबाट आउँदै गरेका दुबैको साथबाट अन्दाजी आधा किलो सालकको खपटा बरामद भएको हो।