दुई प्रहरी नायव निरीक्षक पदमा बढुवा

दुई प्रहरी नायव निरीक्षक पदमा बढुवा

बिराटनगर, साउन ११ गते।

प्रहरी सहायक निरीक्षक पदबाट पदोन्नती हुनु भएका दुई जना प्रहरी नायब निरीक्षकहरुलाई आज एक कार्यक्रमका बिच पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद जोशीले दर्ज्यानी चिन्हले सुसोभित गर्नु भएको छ।
प्रहरी सहायक निरीक्षक पदबाट पदोन्नती हुनु भएका प्रहरी नायव निरीक्षकहरु राजेन्द्र चौहान र रामजी दमाईलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको हो।

प्रहरी नायव निरीक्षक रामजी दमाईको प्रहरी प्रधान कार्यालयको मिति २०७२।०४।१० गतेको निर्णयअनुसार जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रहरी नायव निरीक्षक पदमा बढुवा गरेको हो भने प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मिति २०७२।०३।२८ गतेको निर्णयले उत्कृष्ट कार्य गरी राष्ट्र र सङ्गठनको छवि उच्च राख्न बिशेष योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई एक तह बढुवा गर्ने प्रहरी नियमावली २०७१ मा प्रावधान भए अनुसार चौहानलाई बढुवा गरीएको हो।

२०७१ साल माघ २३ गते झापाका अलैची व्यापारी सुनिल कुमार बिन्दललाई सकुशल अपहरण मुक्त गराउने कार्यमा आफ्‍नो जिउ ज्यानको कुनै प्रवाह नगरी अपहरणमा संलग्न समुहलाई पक्राउ गरी बिन्दललाई अपहरण मुक्त गराउन खेलेको साहसिक र बहादुरीको उच्च मुल्याङ्कन गर्दै चौहानलाई प्रहरी नायव निरीक्षक पदमा प्रहरी प्रधान कार्यालयले बढुवा गरेको हो।

कार्यक्रममा सुशोभित प्रहरी नायव निरीक्षकहरुलाई निर्दैशन दिनुहुँदै प्र.ना.म.नि. जोशीले पदोन्नतीसंगसंगै संगठनले वहाँहरुको काँधमा थप जिम्मेवारी प्रदान गरेकोले अझ बढी व्यावसायिक रुपमा प्रस्तुत हुन र सफल रुपले नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। साथै संभावनाको ढोका कहिले पनि बन्द नहुने कुरालाई जोड दिनुहुदै संगठनले असल कामको असल मुल्याङ्कन हुने हुँदा सम्पुर्ण प्रहरी कर्मचारीहरुले उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्