दुर्घटनामा घाइतेको बिजोक

दुर्घटनामा घाइतेको बिजोक

विराटनगर, १२ साउन : सवारी दुर्घटनामा परि बर्सेनि सयौं मानिसले ज्यान गुमाइरहेका छन् भने हजारौं व्यक्ति अंग–भंग भएर बाँचिरहेका छन् । दुर्टघनामा परेर घाइते भएपछि व्यक्तिको जीवन त वर्वाद हुन्छ नै, भएको श्रीसम्पत्तिसमेत उपचारमै सकिँदा परिवारका सदस्यसमेत दुःख र पीडामा बाँच्न विवश हुने गर्छन् ।  ८० वर्षे वृद्ध शरीर, छोरा नातिले स्याहारसुसार गर्नुपर्ने उमेर । तर मोरङ केरौन–८ थारु टोलका वृद्ध देवीप्रसाद अधिकारीको भने दिनरात २० वर्षीय नातिको स्याहारसुसार गरेर समय बित्ने गर्छ । देवीप्रसादका नाति गुरुप्रसाद अधिकारी ३ वर्षअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् । उनी अहिले पनि अर्धचेत अवस्थामै छन् । डाक्टरले घाँटीमा प्वाल पारेर पाइप राखिदिएका छन् । अझ पछिल्लो केही महिनायता ढाडमा नराम्रो गरी घाउ निस्किएको छ । त्यसलाई देवीप्रसाद घरेलु औषधिले प्रयोग गरेर निको पार्ने कोशिस गरिरहेका छन् । तर नातिको घाउ निको हुन सकेको छैन । भएको सबै सम्पत्ति नातिको उपचारमै सकिएको र थप उपचार गर्न सक्ने अवस्था नभएपछि घरमै घरेलु उपचार गर्दै आएको उनले बताए ।  गुरुप्रसाद पढाइमा निकै मेहनेती विद्यार्थी थिए । गाउँकै शिक्षा माध्यमिक विद्यालयमा अध्ययन गरेका उनी कक्षा–१ देखि १० सम्म प्रथम श्रेणीमा पास भएका थिए भने एसएलसीमा समेत प्रथम श्रेणीमै उत्र्तीण गरेका थिए । कमजोर आर्थिक अवस्था भएको परिवारले पढाउन नसक्ने भएपछि उनी काठमाडौं गएर होटलमा काम गर्दै पढिरहेका थिए । होटलमा काम गर्दै शान्तिनगर कलेजमा साइन्स विषय लिएर कक्षा–१२ मा अध्ययन गर्दै गरेका उनले राम्रोसँग पढेर आफ्नो भविष्य राम्रो बनाउने सपना देखेका थिए । तर उनको त्यो सपना पूरा हुन सकेन । उनी २०६९ साल कात्तिकमा दसंंंंै मनाउन घर फर्किदै गर्दा धनुषाको पोताहा चौकी नजिकै मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भए । भारतको सिलगुढी र विराटनगरका अस्पतालमा उनको महिनौं उपचार भयो । परिवारका अनुसार अहिलेसम्म २१ लाख रुपैयाँ खर्च भइसकेको छ, तर पनि उनी खान बोल्न र हिंड्डुल गर्न सक्ने भएका छैनन् । घाउको ड्रेसिङसमेत हुन सकेको छैन । अस्पतालमै राखेर उपचार गर्नुपर्ने भए पनि आर्थिक अवस्था कमजोर भएपछि अस्पताल लान नसकिएको बाबु जयप्रसाद अधिकारीले बताए ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्