महाश्रमण र विराटनगरका उद्योगी व्यापारीबीच भेटवार्ता

महाश्रमण र विराटनगरका उद्योगी व्यापारीबीच भेटवार्ता

विराटनगर ः जैन गुरु आचार्य महाश्रमण र विराटनगरका उद्योगी व्यवसायीबीच मंगलबार भेटघाट भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले आचार्यसँगको भेटघाटमा यो क्षेत्रको उद्योग तथा व्यापारको विषयमा जानकारी गराएका थिए । संघका अध्यक्ष पवनकुमार शारडाको नेतृत्वमा र संगठनका अध्यक्ष शिवशंकर अग्रवालको नेतृत्वमा गएको पदाधिकारी टोलीले आचार्यसँग भेट गरेको जनसम्पर्क अधिकारी तथा मिडिया संयोजक राकेश सुरानाले जानकारी दिए ।

संघका अध्यक्ष शारडाले गुरुसँगको भेटमा चातर्मासको आयोजनाले यो क्षेत्रको आर्थिक गतिविधि पनि चलायमान हुने विषयमा छलफल भएको बताउँदै भने,‘यो विराटनगरबासीका लागि मात्रै नभएर सिंगो पूर्वाञ्चलबासीका लागि अवसर हो ।’ शारडाले चातुर्मासले विराटनगरको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र दैनिक डेढ करोड रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको बताए । चातुर्मासले विराटनगरको मात्र नभएर समग्र पूर्वीक्षेत्रको व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने बताउँदै शारडाले भने,‘यसको महत्वको विषयमा भने प्रचार गर्न जरुरी छ ।’

चातुर्मास व्यवस्थापन समितिका अध्यक्ष मालचन्द सुरानाले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै आचार्यको आर्शिवचनबाट लाभान्वित हुन जैनधर्मालम्बीबाहेकको समुदायलाई पनि आग्रह गरिएको बताए । बुधबार र बिहीबार चातुर्मासमा सहभागी हुन भारत तथा नेपालका विभिन्न ठाउँबाट आठ हजारभन्दा धेरै मानिसहरु विराटनगर आउने भएकोले सोही अनुरुपको तयारी गरिएको जानकारी दिए । उनका अनुसार उद्योग संगठनको टोलीले यसक्षेत्रमा रहेको उद्योग, कलकारखाना र समस्याका विषयमा आचार्यसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्