सिटि सफारीका चालकले नगरपालिका घेराउ

<span class='c1'>सिटि सफारीका चालकले</span> <span class='c2'>नगरपालिका घेराउ</span>

 

प्रेम देवान

विराटनगर,  साउन ÷ दर्ता गरी सञ्चालन अनुमति दिनु पर्ने माग गर्दै विराटगनर उपमहानगरपालिका कार्यालयमा सिटि सफारीका चालकहरुले घेराउ गरेका छन् ।

बजारमा सिटि सफारीको माग बढेको र त्यसैका आधारमा खरिद गरी स्वरोजगारको प्रयास थालेका युवाहरुले सफारी दर्ता गर्न दवाव दिदै आएको छ । विराटनगर उपमहानगरपालिकाले प्रारम्भमा दुई सय सफारी दर्ता गरी बन्द गरेको थियो । त्यसपछि कतिपयले छिमेकी गाविसमा दर्ता गरी सञ्चालन गर्दै आएका छन् । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले विराटनगरको साघुरा बाटोमा जथाभावि सञ्चालन अनुमति दिने हो भने नया ट्राफिक समस्या आउने भएकोले अहिले दर्ता बन्द गरिएको बताउनुभयो । चालकहरुले भने आफुहरुलाई गरिखान दिनुपर्ने भन्दै दर्ता नगरेसम्म सडकमै प्रदर्शन गरेर आन्दोलन गरिरहने बताएका छन् । उनीहरुले स्वदेशमै रोजगार गर्छु भन्नेलाई सरकारले निरुत्साहित गरेको भन्दै विरोध गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्