पेट्रोलियम पदार्थको मूल्य घट्यो

<span class='c1'>पेट्रोलियम पदार्थको</span> <span class='c2'>मूल्य घट्यो</span>

प्रविन दाहाल

काठमण्डौ साउन १८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा मूल्य घटाइएको छ । नयाँ मूल्य अनुसार बजारमा अब पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।
अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेसँगै समायोजन गर्न पेट्रोलियम पदार्थको मूख्य घटाउनु परेको निगमका प्रवक्ता घिमिरेले बताउनुभएको छ ।
निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य पनि घटाएको छ । प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाउँदै ग्यासको मूल्य एक हजार चार सय ३५ कायम गरिएको निगमले जनाएको छ ।
हवाई इन्धनमा आन्तरिक उडानतर्फ १५ रुपैयाँ घटाई प्रति लिटर १ सय १८ र अन्तर्रा्ष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्