महासंघ अध्यक्ष र महाश्रमणबीच भेटवार्ता

<span class='c1'>महासंघ अध्यक्ष र</span> <span class='c2'>महाश्रमणबीच भेटवार्ता</span>

 

विराटनगर ः जैन धर्मगुरु आचार्य महाश्रमणले व्यापरी वर्गले धेरै मुनाफा कमाउनुभन्दा ठिक्क लिएर त्यसको केही हिस्सा समाजको हितमा लगाउनु पर्ने बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र आचार्य महाश्रमणबीच सोमबार विराटनगरको जैन भवनमा भएको भेटघाटमा महाश्रमणले भन्नुभयो,‘धेरै होइन थोरै मुनाफा लिनेबारे तपाईंले पनि आफ्ना सदस्यहरुलाई चेतना दिलाउनु होला । केही हिस्सा समाजको हितका निम्ति खर्च गर्नुहोस ।’

महाश्रमणसँगको भेटका क्रममा अध्यक्ष मुरारकाले देशको अर्थतन्त्र र निजी क्षेत्रको भूमिकाको विषयमा आचार्यलाई जानकारी दिलाउनु भयो । उहाँले भन्नुभयो,‘देश भर्खरै संविधान निर्माण र शान्ति प्रक्रियामा लागेकोले निर्यात व्यापार कम भएकोले समस्या छ तर यो धेरै समयसम्म नरहने भन्ने हाम्रो पनि बुझाई छ ।’ मुरारकाले नेपालले केही वर्षभित्रै आर्थिक उन्नति गर्ने र आफूलाई सुखी राष्ट्रको सूचीमा दाखिल गर्ने पनि दाबी गर्नुभयो ।

अध्यक्ष मुरारकाले जैन भवनको अवलोकन गर्नुका साथै चातुर्मासमा सहभागी हुन आएका अनुयायीहरुको लागि व्यवस्थापन समितिले गरेको विविध सुविधाबारे पनि जानकारी लिनु भएको थियो । मिडिया संयोजक राकेश सुरानाका अनुसार मुरारकाले चातुर्मासको व्यवस्थापन र सरकारको सहयोगबारे पनि व्यवस्थापन समितिका पदाधिकारीसँग जिज्ञासा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्