३९ उच्च मावि खारेज

<span class='c1'>३९ उच्च</span> <span class='c2'>मावि खारेज</span>

 

काठमाडौँ, १८ साउन

उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ।

दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ। उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६.१ बमोजिम उनीहरुको सम्बन्धन खारेज गरिएको परिषद्ले स्पष्ट पारेको छ।

खारेजी प्रक्रियामा रहेको भन्दै ७१ वटा उच्च माविलाई परिषद्ले गएको असार ७ गते सार्वजनिक सूचना प्रकाशित गरी १५ दिनभित्रमा स्पष्टीकरण दिन आग्रह गरेको थियो तर परिषद्को आग्रह अनुसारको स्पष्टीकरण दिन नसकेका उच्च मावि खारेजीमा परेका हुन् ।

परिषद्ले आज सार्वजनिक सूचना प्रकाशित गरी ३९ वटा उच्च मावि खारेज गरिएको जनाएको छ ।

सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका उच्च मावि परेका छन् । परिषद्का अनुसार ललितपुरका सात वटा उच्च माविको सम्बन्धन खारेज भएको छ ।

त्यस्तै, काठमाडौँ र मोरङका पाँच÷पाँच वटा, झापा, मकवानुपर, तनहुँ र नवलपरासीका दुई÷दुई वटा उच्च मावि खारेज भएका छन् । परिषद्का अनुसार इलाम, उदयपुर, धनुषा, दोलखा, काभ्रे, भक्तपुर, लमजुङ, रुपन्देही, प्युठान, रुकुम, बर्दिया र सुर्खेतका एक÷एक वटा उच्च मावि खारेजीमा परेका छन् ।

खारेज हुनेमध्ये सामुदायिक विद्यालयको उच्च मावि दुई वटा, क्याम्पस १३ वटा, निजी २० वटा, संस्थागत दुई, प्लस टु मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका दुई वटा रहेका छन् । परिषद्बाट कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउन यसअघि अनुमति लिएका ती उच्च माविलाई कुनै पनि शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउनु समेत परिषद्ले सूचित गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्