मेरिल्याण्ड बिबिए मा साउन २८ बाट प्रि-युनिभर्सिटी कक्षा

<span class='c1'>मेरिल्याण्ड बिबिए मा साउन</span> <span class='c2'>२८ बाट प्रि-युनिभर्सिटी कक्षा</span>

बिराटनगर साउन १९ ,

बिराटनगर मै पहिलो पटक बेलायति बिस्वबिध्यालयसंगको साझेदारीमा IMG_0500संचालित बि.ए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको मेरिल्याण्ड कलेजमा यहि साउन २८ गतेबाट प्रि-युनिभर्सिटी कक्षा संचालन हुने भएको छ  । गत बर्षबाट संचालनमा आएको यस कलेजमा हाल १०४ जना बिद्यार्थी अध्यन गर्दै आएका छन् ।युनिभर्सिटीको कक्षा दसैँ तिहार पछि सुरु हुने भए पनि बिद्यार्थीहरुलाई बेलायती शिक्षण बिधि लगायत बिभिन्न कुराको प्रशिक्षण दिनको लागि अगाडि बाटै कक्षा संचालन गर्न लागिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहाल बताउनु हुन्छ । कलेजमा भर्ना खुलेको र इच्छुक बिद्यार्थीका लागि हाल फारम बितरण भई रहेको कुरा पनि दाहालले जानकारी दिनुभयो । बेलायतको १८० बर्ष पुरानो सरकारी बिश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरहम्प्टनसंगको साझेदारीमा यस कलेजले शिक्षा दिदै आएको छ । College Building

नेपाल सरकार शिक्षा मन्त्रालय र त्रिभुवन विश्वबिद्यालयबाट पनि यो डिग्री मान्यता प्राप्त छ । यस कलेजले अन्त्याधुनिक कक्षा कोठाका साथ साथै भारत , सिंगापुर र बेलायतबाट पनि प्राध्यापक बोलाएर पढाउदै आएको छ । हाल भारतीय ३ र बंगलादेश , स्विजरल्याण्ड र भारत पढेर आएका शिक्षकहरुबाट पढाइ हुदै आइरहेको यस कलेज प्रति बिद्यार्थीको आकर्षण बढेको छ । भर्खरै यसै कलेजमा भर्ना भएकी निलिमा बिमली भन्छिन " यस कलेजको पढाइ अन्तरास्ट्रिय स्तरको भएकै कारण आफु काठमाण्डौ , भारत वा विदेश पढ्न नगएर बिराटनगर कै मेरिल्याण्ड पढ्न आएको हु  " यस कलेजमा हालसम्म झापा , जनकपुर , इटहरी , सिरहा , धनकुटा साथसाथै भारतबाट पनि बिद्यार्थी आएको जानकारी कलेजले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्