२२ औ विश्व आदिवासी विराटनगरमा भव्य मनाईने

<span class='c1'>२२ औ विश्व आदिवासी</span> <span class='c2'>विराटनगरमा भव्य मनाईने</span>

विराटनगर १९ साउन । विराटनगरमा २२ औ विश्व आदिवासी जनजाति दिवश छुटै र भव्य रुपमा मनाउने आदीवासी जनजाति समुदायले तयारी गरेको छ ।
आदीवासी जनजातिहरुको पहिचान झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरी साताब्यापी रुपमा दिवश मनाउन लागिएको जनाएको छ । आज विराटनगरमा नेपाल आदिवासी जनजाती महासंघ मोरङ र नगर समन्वय परिषद विराटनगरले पत्रकार सम्मेलनको आयोजना गरी साता व्यापी रुपमा कार्यक्रम गर्ने जनाएको हो ।
हरेक बर्ष अगस्त ९ मा यो दिवश मनाउने गरीएको भए पनि नेपालमा १९९५ देखी मनाउन थालेको छ । साता व्यापी कार्यक्रम अन्र्तगत आजबाट शुरु भएको २२ औ विश्व आदिवासी दिवस विराटनगरका प्रचार प्रसार समितिका संयोजक प्रेम देवानले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कार्यक्रम अन्र्तगत साउन २० गते आदिवासी जनजातीका जिल्ला, नगर, गाउ समन्वयन परिषदका अध्यक्ष सचिवहरुको संयूक्त बैठक गर्ने, साउन २१ गते रक्तदान त्यसैगरी साउन २२ गते थारु ग्राम थान विराटनगर–५ स्थित बृक्षारोपन , आदिवासीहरुको मठमन्दीर सरसफाई, तथा दिपावली,गरिने संयोजक देवानले जानकारी दिनुभयो ।

यसैविच कार्यक्रम अन्र्तगत आगामी २३ गते आदिवासी जनजातीको अधिकार र चुनौतिका विषयमा छलफल, गरिने नेपाल आदिवासी जनजाती महासंघ मोरङका अध्यक्ष मिलन राईले जानकारी दिनुभयो । साथै कार्यक्रलाई भव्य रुपमा सम्पन्न गर्न साउन २४ गते दिवशको अबसरमा जुलुस, झाँकी रयाली लगायतका आमसभा गरी मनाईने अध्यक्ष राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्