आइतबार बेलुकीदेखि पूर्वमा ठूलो वर्षाको संभावना

<span class='c1'>आइतबार बेलुकीदेखि पूर्वमा</span> <span class='c2'>ठूलो वर्षाको संभावना</span>

काठमाडों, साउन २४ – आइतबार बेलुकीदेखि पूर्वका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावा नेपाल आइरहेको र त्यो पूर्वबाट नेपाल छिर्ने भएकाले भारी वर्षाको संभावना छ ।

मध्य र पश्चिममा भने यसको प्रभाव कम देखिएर थोरै वर्षा हुने उहाँले बताउनुभयो । उहाँका अनुसार हिजोको तुलनामा आज धेरे पानी पर्नेछ । अहिले सफा रहेको ठाउँमा पनि दिउँसोपछि बदली भएर राती पानी पर्ने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गको भनाई छ ।

अबको दुई तीन दिन यस्तै हुने उहाँले बताउनुभयो । वितेको २४ घण्टामा धनगढीमा सबैभन्दा धेरै ६५ दशमलव ९ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्