सुर्खेतमा कफ्र्यू जारी

<span class='c1'>सुर्खेतमा कफ्र्यू</span> <span class='c2'>जारी</span>

मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक अनुमानित ४५ बर्षका छन् । कफ्र्यू जारी भएपछि प्रहरीमाथि अाक्रमण भएकाले गाेली चलाउँदा अान्दाेलनकारीकाे मृत्यु भएकाे एसपी राजेशकुमारलाल कर्णले बताए । मृतकको शव जिल्ला जिल्ला प्रहरी कार्यालयको गेटमा राखेर प्रदर्शन गरिरहेका छन् । प्रहरीसँगको झडपमा २५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । अवस्था नियन्त्रयन्त्रण बाहिर गएपछि अहिले प्रशासनले साढे १ बजेबाट राति ९ बजेसम्म कफ्र्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेवप्रसाद गौतमले मृत्युको जानकारी नआएको बताए । उनले भने, “अवस्था तनावपूर्ण भएपछि कफ्र्यू जारी गरिएको छ, तर मृतकबारे जानकारी आएको छैन ।” उनले अवस्था नियन्त्रणमा लिन गोली चलाएको बताए । अान्दाेलनकारीले अहिले जिल्ला विकास समिति र विरेन्द्रनगर नगरपालिकाकाे कार्यालयमा अागाे लगाएका छन् ।

Himal Khabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्