२१ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा सम्पन्न

<span class='c1'>२१ औं विश्व आदिवासी दिवस</span> <span class='c2'>विराटनगरमा भव्य रुपमा सम्पन्न</span>

प्रेम देवान
साउन, २६ विराटनगर । २१ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा सप्तव्यापी कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाति महांसघ समन्वय परिषद मोरङ र नगर समन्वय परिषद् विराटनगरको संयुक्त आयोजनामा आईतबार अन्तिम दिन दिवसको अबसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
दिवसको अवसरमा आईतबार विराटनगरमा ¥याली निकालिएको थियो । विराटनगरको संसारी माईस्थान बाट निकालीएको ¥यालीले ट्राफिक चोक, मेनरोड हुदै जलजला चोकबाट नगरको विभिन्न भागको परिक्रमा गर्दै वगंलामुखीमा पुगेर सभामा परिणत भएको थियो ।
आमसभा कार्यक्रममा आदीवासी जनजातीका पुर्व महासचिव तथा आदिवासी जनजाती अभियान्ता आङकाजी र्सेपाले, अहिले भएको सिमाकंनको प्रस्तावले तराइका आदिवासी जनजातीलाइ विखण्डन गर्न खोजेको आरोप लगाउनु भएको छ ।
उहाले भौगोलिक वनोट अनुसार राज्यका हरेक तहमा आदिवासी जनजातीलाई सहभागी गराउनेपर्नेमा जोड दिनुभयो । उहाले,राज्यको विभेदका कारण आदिवासीहरु जातिय क्षेत्रिय, लैंगिक, वर्गिय उत्तपिडनमा परेकाले आफनो अधिकार संविधानमा नलिखिए जस्तोसुकै सर्घष गर्न तयार रहेको बताउनुभयो । उहाले तराई पहाड र हिमालका सम्पुर्ण आदिवासी पहाडका अधिकार प्राप्तिकाा लागी एकमात्र विकल्प आन्दोलन भएको समेत बताउनुभयो ।
कार्यक्रममा पुर्व मन्त्री तथा आदिवासी जनजाती महासंघका सल्लाहकार भिमराज राजवंसी ,थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य भक्ति माझी, किरात याक्थुुङ चुम्लुुङका केन्द्रिय सदस्य नारायण याक्सो तथा नेपाल आदिवासी जनजाति महांसघ समन्वय परिषद मोरङ अध्यक्ष मिलन कुमार राई , नरवहादुर मोक्तान लगयातले तराई पहाड र हिमालका सम्पुर्ण आदिवासी छुटेर हैन जुटेर अगाडी बढे मात्र अधिकार प्राप्ति हुन सक्ने बताएका थिए ।
दिवसको अवसरमा यस अघि विराटनगरमा रक्तदान, वृक्षारोपण, भेला गोष्टी तथा अन्तक्रिया जस्ता कार्यक्रम सम्पन्न गरेको आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद विराटनगर सचिव प्रेम देवानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्