मुलुकमा धर्म निरपेक्षता कायम गर : अन्तरधार्मिक शान्ती संञ्जाल

<span class='c1'>मुलुकमा धर्म निरपेक्षता कायम गर</span> <span class='c2'>: अन्तरधार्मिक शान्ती संञ्जाल</span>

प्रेम देवान
विराटनगर २५ साउन ।
विगत ८ बर्षदेखि मोरङ जिल्लामा रहेको अन्तरधार्मिक शान्ति संञ्जालले नयां सविधानमा धर्म निरेपेक्ष हुनुपर्ने माग गरेको छ । विराटनगरमा आज ५ वटा धार्मिक समुदायको अन्तरधार्मिक शान्ति संञ्जाल मोरङले पत्रकार सम्मेलन गरी अब बन्ने नयां सविधानमा धर्म निरपेक्षतालाई सुनिश्चित गरी नेपाल र नेपालीको शान्ति, उन्नति र समृद्धिको मार्ग प्रशस्त गराउन अपिल गरेको छ । हाल संञ्जनलमा हिन्दू, इसाई, बौद्ध, इस्लाम र किराँतले आपसी सद्भाव, मेलमिलाप तथा भाइचारा विकासका लागि सहकार्य गर्दै आइरहेको जनाइएको छ । धर्म निरेपेक्षताको विरोध गरेमा मुलुकमा धार्मिक सद्भाव र सहिष्णुता तथा शान्ति भड्की धार्मिक द्धन्द्ध हुन सक्ने समेत संञ्जालले आशंका व्याक्त गरेको छ । आमसमुदाय र सबै जातजातीको नैसर्गिक मौलिक अधिकारलाई कुण्ठित पार्न नहुने अन्तरधार्मिक शान्ति संञ्जालका संयोजक मित्रसेनले पत्रकार सम्मेलनमा बताउनुभयो । उहांले मुलुकमा धर्मनिरेपेक्षता भएन भने शसक्त आन्दोलन समेत हुन सक्ने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्