विराटनगरमा अन्तर्रा्ष्ट्रिय युवा दिवसको अबसरमा विविध कार्यक्रम

विराटनगरमा अन्तर्रा्ष्ट्रिय युवा दिवसको अबसरमा विविध कार्यक्रम

प्रेम देवान

विराटनगर २७ साउन ।

अन्तर्रा्ष्ट्रिय युवा दिवसको अबसरमा आज विराटनगरमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाईएको छ ।

सयक्त युवा सञ्जाल नेपालको आयोजनामा विगत एक महिना अगाडी देखी सामाजिक कार्यको क्षेत्रमा विविध कार्यक्रम संम्पन्न गरीएको युवा संञ्जाल नेपालका संयोजक आर.के रञ्जन कुमार शाहीले जानकारी दिनुभयो । संयोजक शाहीका अनुसार रक्तदान, सांगितक कार्यक्रम, वृद्धवृद्धालाई फलफुल वितरण, वृक्षारोपण, हस्ताक्षर अभियान, विभिन्न खेलकुद तथा अन्तक्रिया कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी विराटनगर योङ्गगरद्धारा निर्मित सर्ट मुभिज लगाव पनि युवा दिवसको अबशरमा प्रिमियर सो गरिएको छ । एक महिने कार्यक्रम अन्र्तगत मोरङ जिल्लामा रेहेका ६४ वटा युवा आवद्ध संघसस्थाको सयुक्त प्रयासमा युवा दिवस सम्पन्न गरिएको जनाएको छ ।

विश्वमा सन् १९९९ बाट युवा दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २००४ बाट मात्र मनाउन थालिएको छ । युवा दिवस युवाहरुको उत्सव मनाउने दिन हो । विश्वका सम्पन्न देशहरुले उत्सवका रुपमा मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्