पूर्वमा पनि प्रदेशको विरोधमा आजदेखि बन्द सुरु

पूर्वमा पनि प्रदेशको विरोधमा आजदेखि बन्द सुरु

चन्दन रौनियार सुनसरी

नामांकन बिना ६ प्रदेशको खाका सार्वजनिक भएपछि देशभर विरोध भइरहदा पूर्वमा पनि आजदेखि विरोध गर्दै बन्द लगायतका कार्यक्रम सुरु भएको छ । आज संघिय लिम्बुवानले सांकेतिक रुपमा आज देशव्यापी आमहड्ताल आह्वान गरेको छ । ६ प्रदेशको खाकाप्रति असन्तुष्टि राख्दै यसअघि पनि लिम्बुवान जन्य केहि पार्टिहरुले विरोधका कार्यक्रम सुरु गरीरसकेका छन् । उनीहरुले अरुण नदि पूर्वका ९ जिल्ला मात्रको लिम्बुवान राज्य हुुनुपर्ने बताउदै आएका छन् । पूर्वको प्रदेश नम्बर १ मा अहिले १४ जिल्ला समेटिएको छ । तर थारुहरुले समेत त्यसको विरोध गरेका छन् । उनीहरुले पनि पूर्वी तराईका ६ जिल्लाको छुट्टै प्रदेश हुुनपर्ने बताएका छन् । साउन ३० गते पूर्वका ६ जिल्ला पूर्वी थारुवानले बन्दको आह्वान गरेको छ भने भदौ ५ मा लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टिले पूर्वका ९ जिल्लामा बन्द आह्वान गरेको छ । आज लिम्बुवान छुट्टै प्रदेश हुनुपर्ने माग गर्दै बन्द आह्वान गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्