अध्यात्मले समाज सुधारमा ल्याउछः नेपाल

अध्यात्मले समाज सुधारमा ल्याउछः नेपाल

 

विराटनगर ,
प्रेम देवान
साउन २८
जैन धर्मगुरु आचार्य महाश्रमणलाई विराटनगरमा जारी चातुर्मासमा नेपाली नागरिकहरुको तर्फबाट विहिवार भव्य स्वागत गरिएको छ ।
नागरिकका तर्फबाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाश्रमणलाई स्वागत गरेका छन् । त्यस अवसरमा नेपालले अहिंसा र नैतिकताको लागि अनवरत यात्रामा निस्कने आचार्य महाश्रमणको स्वागत गर्न पाउँदा आफु हर्षित हुनुको साथै आचार्यको आगमनले यसक्षेत्रको आध्यात्मिक विकासमा टेवा पुग्ने बताए ।
नेता नेपालले राजनीतिमा नैतिकता महत्वपूर्ण रहेको भन्दै आध्यात्मिकताले समाजसुधारमा ठूलो महत्व राख्ने बताए । उनले भने , ‘ नैतिकताको राजनीतितर्फ लाग्न आध्यात्मिक यात्राले सहज बनाउँछ , त्यो महाश्रमणको यात्राबाट पनि धेरै पाठ लिन सकिन्छ ।’
सोहि अवसरमा आचार्य महाश्रमणले भौतिक विकाससँगै समाजमा नैतिकताको विकास गर्न जरुरी भएकोमा जोड दिए । । उनले नेपालीको तर्फबाट आफूलाई भएको स्वागत र यहाँका नागरिकहरुको मनले प्रभावित भएको बताए । महाश्रमणले भने ,‘भौतिक विकास बाञ्छनीय विषय हो तर यसमा नैतिकता भने चाहिन्छ ।’ आर्थिक, सामाजिक र शैक्षिक विकासलेमात्र समाज परिवर्तन र समुन्नत हुननसक्ने भएकोले आध्यामिक विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा तेरापन्थी सभाका अध्यक्ष तथा उद्योगी दिनेश गोल्छाले जैनगुरुको आगमनले यसक्षेत्रको पर्यटन प्रवद्र्धनका साथै आर्थिक गतिविधिमा समेत टेवा पुगेको बताए । मोरङ ब्यापार संघका अध्यक्ष एवं सभासद पवनकुमार शारडाले समाजमा सद्भावना फैलाउन आध्यात्मिक गतिविधि आवश्यक रहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले धर्मको माध्यमबाट समाजमा नैतिकताको सन्देश छर्न सकिने बताए । क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्