विराटनगर
विराटनगरमा जारी चातुर्मासमा सहभागी हुन आएका जैन अनुयायी ओर्सान निःशुल्क ई रिक्साको ब्यवस्था गरिएको छ ।
हरिसिंह उषादेवी दुगड च्यारिटेबल ट्रष्टले चारवटा रिक्साको व्यवस्था गरेको ट्रष्टका अध्यक्ष मोति दुगडले जानकारी दिए । बिहीबार नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिबन काटेर निःशुल्क ई ः रिक्सा अभियानको शुभारम्भ गरेका थिए ।
उद्घाटनपछि नेता नेपालले केहीबेर सोहि रिक्सामा बसेर विराटनगर बजारको परिक्रमा गरेका थिए ।