बन्दले विराटनगर लगायत पुर्वको जनजिवन कष्टकर बन्दै

बन्दले विराटनगर लगायत पुर्वको जनजिवन कष्टकर बन्दै

प्रेम देवान
विराटनगर ३१ साउन ।
६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले पहिलो दिन आह्वान गरेको बन्दका कारण विराटनगर लगायत पर्वका मुख्य बजार बन्द भए संगै सर्वसधारण हैरानी खेप्न वाध्य भएका छन् ।
बन्दका कारण बिहानैदेखि विराटनगर बाट छुट्ने तथा विराटनगर प्रवेश गर्ने गाडी नचले पछी सर्वसाधारण विच बाटैमा अलपत्र परेका छन् । विराटनगरका मुख्य बजार पुर्ण रुपमा बन्द छन् । यसैगरी पसल, कलकारखाना, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द छन् । बन्दकर्ता बिहानैदेखि सडकमा निस्केर बन्द गराउँदै हिँडेका छन् । विराटनगरको रोडशेष, बसपार्क, जनआन्दोलन चोक, भृकुटीचोक, बरगाछी, तिन पैनी , बुधहाट चोक, हाटखोला लगायत विभिन्न चोकमा बन्दकर्ताहरु लाठी र झन्डा बोकेर बसिरहेका छन् । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक, दूध तथा तरकारी बोक्ने गाडीलाई छुट दिने बन्दकर्ताले बताएका छन् । बन्दमा हुने सक्ने अराजक गतिविधि रोक्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बिहानैदेखि चोकचोकमा प्रहरी परिचालन गरिएको छ । सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले आज र भोलि बन्द आह्वान गरेका छन् ।

०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्