चातुर्मासलाई संस्मरणात्मक बनाउन नयाँ हुलाक टिकट जारी

चातुर्मासलाई संस्मरणात्मक बनाउन नयाँ हुलाक टिकट जारी

विराटनगर, ३१ साउन । विराटनगरमा जारी जैन धर्मावलम्बीहरुको चातुर्मासलाई संस्मरणात्मक बनाउन नयाँ हुलाक टिकट जारी गरिएको छ । विरानगरस्थित जैन स्वेताम्बर तेरापन्थ सभा भवनमा आइतबार आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जैन गुरु महाश्रमणको अहिंसा यात्रा र चातुर्मासको संस्मरणमा  अहिंसा, सद्भावना, नैतिकता र नशामुक्ति लोगो अंंकित हुलाक टिकटमा टाँचा लगाउनुभयो । हुलाक सेवा विभागले काठमाडौंभन्दा बाहिर पहिलोपल्ट जारी गरेको उक्त टिकटको मूल्य २५ रुपैयाँ रहेको छ । कार्यक्रममा बोल्दै मन्त्री रिजालले जैन गुरु महाश्रमणको सानिध्यमा अहिंसा, सद्भावना, नैतिकता र नशामुक्ति सम्बन्धमा सन्देश फैलाउने टिकटको प्रकाशन गर्न पाएकोमा आपूm गौरवान्वित भएको बताउनुभयो । उहाँले संविधान निर्माणको अन्तिम चरणको बेलामा मुलुकलाई अहिंसाको सन्देश आवश्यक रहेको समयमा जैन धर्मालम्बीबाट सुरु भएको अहिंसा यात्राले थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा सबै धर्मबीच वर्षौंदेखि सद्भाव रहेको उल्लेख गर्दै हिन्दू धर्म, संस्कृति र संस्कार कायममै रहने गरी सबै धर्मलाई समान अधिकारसहितको संविधान जारी हुने स्पष्ट पार्नुभयो । चातुर्मास प्रवास समितिका अध्यक्ष लोकमान्य गोल्छाले नेपालमै पहिलोपल्ट जैन धर्मालम्बीहरुको चातुर्मासको अवसर पारेर विराटनगरबाट टिकट प्रकाशन हुनु गौरवको विषय भएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिनुभयो । कार्यक्रममा चतुर्मास व्यवस्थापन समितिका अध्यक्ष मालचन्द सुराना, हुलाक सेवा विभागका उपसचिव निरञ्जन रिजाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्