बन्दले आज दोस्रो दिन पनि पुर्वका जनजीवन प्रभावित

बन्दले आज दोस्रो दिन पनि पुर्वका जनजीवन प्रभावित

प्रेम देवान
विराटनगर ३२ साउन ।
संघीय लिम्बुवान पार्टी र संघीय समाजबादी फोरम नेपालले गरेको बन्दले आज दोस्रो दिन पनि अरुण पूर्णका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । चार दलले गरेको ६ प्रदेशसहितको संविधानको खाकाप्रति असन्तुष्ट दल तथा राजनीतिक संगठनहरुले अरुण पूर्वका नौ जिल्ला मात्र भएको प्रदेश बनाउन माग गरेका हुन् । बन्दले पूर्वका मोरङ, सुनसरी, झापा, इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा र संखुवासभाको जनजीवन प्रभवित बनेको छ । यी जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् भने बजार, कलकारखाना र शिक्षणसंस्था ठप्प रहेका छन् । यता विराटनगरमा पनि ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको दोसा्रे दिन बन्दका कारण विराटनगर लगायत पर्वका मुख्य बजार बन्द भए संगै सर्वसधारण गतन्तव्य ठांउमा पुग्न नपाउदां हैरानी खेप्न वाध्य भईरहेका छन् ।
विराटनगरका मुख्य बजार पुर्ण रुपमा बन्द छन् । यसैगरी पसल, कलकारखाना, शिक्षण, बैंक तथा वित्तीय संस्था पुर्णरुपमा बन्द छन् । बन्दकर्ता बिहानैदेखि सडकमा निस्केर बन्द गराउँदै हिँडेका छन् । विराटनगरको रोडशेष, बसपार्क, महेन्द्र चोक, भृकुटीचोक, बरगाछी, तिन पैनी , बुधहाट चोक, हाटखोला लगायत विभिन्न चोकमा बन्दकर्ताहरु लाठी र झन्डा बोकेर बसिरहेका छन् । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक, दूध बोक्ने गाडीलाई छुट दिएका छन् । बन्दमा हुने सक्ने अराजक गतिविधि रोक्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बिहानैदेखि चोकचोकमा प्रहरी परिचालन गरिएको छ । सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले हिजो र आज पुर्वका नौ जिल्ला बन्दको आह्वान गरेका छन् ।
यसैविच हिजो बिराटनगरबाट प्रहरी भ्यानमा ढुङा हान्ने दुई र टंकिसिनुवारीमा यातायात बन्द गराउदै हिड्ने एकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा संघिय समाजवादी फोरम नेपालका बिराटनगर १७ बस्ने अजय कु. मिश्र, भातीगंज २ बस्ने शिव नारायण यादब र टंकिसिनुवारी बस्ने महेश यादव छन ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्