श्रावण महिनाको अन्तिम सोमबार आज विहानैदेखि शिव मन्दिरहरुमा श्रद्धालुहरुको घुईचो

श्रावण महिनाको अन्तिम सोमबार आज विहानैदेखि शिव मन्दिरहरुमा श्रद्धालुहरुको घुईचो

 

प्रेम देवान
विराटनगर ३२ साउन ।
आज श्रावण महिनाको अन्तिम सोमबार आज विहानैदेखि विभिन्न शिव मन्दिरहरुमा श्रद्धालुहरुको उपस्थिती बाक्लो रहेकोछ । भगवान शिवको प्रिय महिना श्रावण तथा प्रिय दिन सोमबार व्रत लिएमा र दर्शन गरेमा आशुतोष भगवान शिव प्रशन्न हुने चिताएको पुर्ण हुने विश्वासको साथ आज मन्दिरहरुमा श्रद्धालुहरुको घुँइचो लाग्ने गरेको छ । सोमबार शिव मन्दिर पुगेर शिवलिङ्गमा जल चढाउने र भाङ्ग धतुरो तथा बेलपत्र चढाउने चलन छ । महिना अनुसार आज अन्तिम सोमाबार भएपनि तिथि अनुसार अझै अर्काे सोमबार श्रावण शुक्ल पक्षमा पर्ने छ ।
पुर्वको पिण्डेश्वर धाम सुनसरी , हलेशी महादेव धाम खोटाङ, विराटनगर १६ कोशी प्रोजेक्टमा रहेको सिद्धेश्वर, रानी १७ सिकीयाईमा रहेको मनोकामना त्यसैगरी धरान रोडमा रहेको शिव मन्दिर, बासुकीनाथ मन्दिरमा भक्तजनको घुइचो लागेको छ । यस्तै देवाधिदेव पशुपतिनाथ मन्दिर काठमाण्डौँ लगायतका देवालयमा समेत विहानैबाट भक्तजनहरु भरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्