बन्दले व्यवसाय दिनानुदिन शिथिल हुदै

<span class='c1'>बन्दले व्यवसाय दिनानुदिन</span> <span class='c2'>शिथिल हुदै</span>

विराटनगर २ भदौ ।

संविधान निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा विभिन्न राजनीतिक दल र समुहबाट आह्वान गरिएको बन्द हडताल र यसबाट औद्योगिक÷व्यवसायिक लगायत आमवर्गमा परेको असरप्रति मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको गम्भीर ध्यान आकृष्ट भएको जनाइएको छ । संघ र संगठनले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा बैशाख १२ गतेको महाभूकम्पबाट भएको मानवीय र भौतिक क्षतिका कारण मुलुक र मुलुकवासी आहत भएका बेलामा विभिन्न राजनीतिक दलबीच सहमति भई संविधान निर्माणले गति लिँदा आम जनता र औद्योगिक÷व्यवसायिक क्षेत्रमा उत्साह थपिएको अवस्थामा निरन्तर बन्द र हडताल आह्वान गर्नाले निराशा छाएको जनाइएको छ । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा र उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा लोडसेडिङ्ग लगायतका समस्याबाट उद्योग÷्व्यवसाय दिनानुदिन शिथिल हु“दै बन्द हुने अवस्था बढ्दै जानाले एकातर्फ ७ खर्वको घाटा व्यहोर्नु परिरहेको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय क्षेत्रमा देशको साख घट्दो क्रममा रहेको जनाइएको छ । वार्ता र संवादको माध्यमबाट सहमति खोजीे बन्द हडताललाई सदाका लागि बन्द गर्न विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्