पठनपाठनमा बन्द नगर्न प्याब्सन मोरङको माग

<span class='c1'>पठनपाठनमा बन्द नगर्न</span> <span class='c2'>प्याब्सन मोरङको माग</span>

 

पथरी (मोरङ), १ भदौ, विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दमा विद्यालयलाई अलग राखी विद्यालयको पठनपाठनका वातावरण बनाई दिन प्याब्सन मोरङले माग गरेको छ ।

प्याब्सनले गएराति एक विज्ञप्ति जारी गरी राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षबाट विद्यालय शान्तिक्षेत्र भएकाले बन्द नगर्न आग्रह गरेको छ । विद्यार्थीको नियमित पठनपाठन कार्य अवरोध हुँदा मुलुककै भविष्य अन्धकारमय हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा राजनीतिक उद्देश्य प्राप्तिका लागि जारी रहेको आन्दोलनको कार्यक्रमबाट विद्यालयलाई अलग राखी विद्यालयको पठनपाठनका साथै विद्यालयको सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुने वातावरण बनाई दिन बन्दकर्तासँग माग गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्