बन्दको पांचौ दिन जनजिवन झनै कष्टकर बन्दै

<span class='c1'>बन्दको पांचौ दिन जनजिवन</span> <span class='c2'>झनै कष्टकर बन्दै</span>

प्रेम देवान
विराटनगर २ भदौ । संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ। लगातारको बन्द आह्वानका कारण महोत्तरीको कुनै पनि सडकखण्डमा यातायातका साधन चल्न सकेको छैन भने यात्रुलाई सास्ती बेहोर्नु परेको छ। त्यस्तै दैनिक गुजारा गर्ने र अत्यावश्यक कामकाजका लागि घरबाहिर जानेको समस्या बढ्दै गएको जनगुनासो बढ्न थालेको छ । बन्दका कारण महोत्तरीको हाट, बजार, कलकारखाना र उद्योग व्यवसाय सबै प्रभावित भएका छन्। त्यस्तै बन्दकै कारण धेरैजसोले नेपाली बजारको साटो भारतीय बजारमा गएर आफ्ना दैनिक उपभोगका सामग्री ल्याउन बाध्य भएका छन् भने उपचारका लागि पनि सयौँ बिरामी भारत जाने गरेको देखिएको छ। सरकारले ल्याएको सङ्घीय प्रदेशको खाका मधेस र मधेसी विरोधी रहेको भन्दै विभिन्न राजनीतिक दल तथा संयुक्त मधेसी मोर्चा विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन्।
यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट मोर्चाको अनिश्चितकालीन बन्दका कारण पूर्वाञ्चलको जनजीवन कष्टकर बन्दै गइरहेको छ । सार्वजनिक यातायातका साधन लगातार चार दिनदेखि ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन् । विराटनगरबाट लामो तथा छोटा दुरीका कुनै पनि सवारी साधान चल्न सकेका छैनन् । विराटनगरमा सघिय समाजबादी फोरम नेपालले आज विराटगरको रोडशेष देखी विराटनगर मुख्य बजार हुदै विभिन्न स्थानमा याली निकालेका छन् । विराटनगरका सडकमा सिटी सफारी , रिक्सा र छिटफुटरुपमा मोटरसाइकल गुडिरहेको देखिन्छ । विराटनगरबाट २५ किलोमिटरको दूरीमा रहेको इटहरीसम्मको भाडा रु ७०० सम्म रिक्सा चालकले असुल्ने गरेका छन् ।
वैशाख १२ गते भूकम्प र त्यसपछि करिब एक महिनासम्म दिनहुँ आउने गरेका परकम्पका कारण बन्द भएका विद्यालयमा अब फेरि बन्दकर्ताको आह्वानमा गरिएको बन्दले शिक्षण संस्था अतिप्रभावित भएका छन् । बन्दका कारण भारतबाट पर्याप्त मात्रामा विराटनगर बजारमा तरकारी नभित्रिदा तरकारीको मूल्य ह्वात्तै बढेको छ । बन्दको प्रभाव सरकारी कार्यालयमा पनि परेको छ । सार्वजनिक यातायातका साधन नचलेपछि सेवाग्राही व्यक्तिगत कामलिएर कार्यालय पुग्न नपाउँदा सधैँ चहलपहल रहने कार्यालयका परिसर यतिखेर सुनसान देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्