विराटनगरमा फेरी जण्डिस

<span class='c1'>विराटनगरमा फेरी</span> <span class='c2'>जण्डिस</span>

 

विराटनगर  भदौ ।
विराटनगरमा फेरि पनि जण्डिसको संक्रमण फैलन थालेको छ । महामारीकै रुपमा फैलिएको जन्डिसका कारण ११ जनाको ज्यान गुमाएको एक वर्ष पनि बित्न नपाउँदै फेरि विराटनगरमा जन्डिस देखापरेको हो । कोशी अञ्चल अस्पतालमा उपचारका लागि आएका बिरामीको रगत परीक्षणपछि जन्डिस फैलिएको पुष्टि भएको हो । जन्डिस लागेका मध्ये बालबालिका बढी छन् । कोशी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले अस्पतालमा मात्र दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि आउनेमध्ये ठूला मानिस र बालबालिका गरेर १० देखि १२ जनामा जन्डिसको संक्रमण देखिने गरेको बताउनुभएको छ । उहाँले नियन्त्रणका लागि उचित प्रयास नगरे समस्या जटिल हुने बताउनुभयो ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्