बिजय मण्डलको अध्यक्षतामा युथ फर ब्लडको मोरङ समिति चयन

बिजय मण्डलको अध्यक्षतामा युथ फर ब्लडको मोरङ समिति चयन

रगत अभावमा रहेका बिरामीहरुका लागि रक्तदाता खोजी सहयोग गर्ने युवाहरुको संस्था युथ फर ब्लडको मोरङ जिल्ला कार्य समिति बिजय मण्डलको अध्यक्षतामा चयन भएको छ । पुर्व अध्यक्ष सबिन दाहाल, पुर्व उपाध्यक्ष नताशा शर्मा र संस्थाको पहिलो रक्तदाता तथा सदस्य दशरथ शाह सम्मिलित निर्वाचन समितिले शनिवार डाकेको भेलाबाट सर्वसम्मत सहित अध्यक्षमा बिजय मण्डल उपाध्यक्षमा सुभाष भण्डारी , महासचिवमा बिवेक दाहाल , सचिवमा अंकित दास, कोषाध्यक्षमा मनोज भट्टराई र सदस्यहरुमा क्रमश आश्मा काफ्ले, लेशान्त सापकोटा (हिमाल), भगवति थापा, अनिल पराजुली, एलिस धमला र प्रयास दहाललाई चयन गरेको छ । कार्यक्रममा केन्द्रिय अध्यक्ष सरोज कार्की र केन्द्रिय सदस्य ज्वाला दाहालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्