मस्यौदा जलाउदै आदिवासीको बन्द समापन

<span class='c1'>मस्यौदा जलाउदै आदिवासीको</span> <span class='c2'>बन्द समापन</span>

विराटनगर ७ भदौ । नेपाल आदिवासी जनजाति महासंघले आह्वान दुई दिने आमहड्ताल आज दिउँसो तीन बजेपछि सम्पन्न गरको छ ।
काठमाडौंको कलंकी , चावहिल र यता विराटनगरको महेन्द्रचोक मा प्रदर्शनसहित संविधानको मस्यौदा जलाएर आम हडताल समापन भएको नेपाल आदिवासी जनजाती महांसघ समन्वय परिषद मोरङका अध्यक्ष मिलन राईले जानकारी दिनुभयो । पहिचानको आधारमा नामांकन र सीमांकनसहितको संघीयता हुनुपर्ने, धर्म्निरेपक्षता कायम राख्नुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली लागु गर्नुपर्ने, आदिवासी जनजातिको अधिकारलाई मौलिक हकमा राख्नुपर्नेलगायतको माग राखेर महासंघले हिजो र आज दुईदिने आमहड्ताल आह्वान गरेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महांसघ मोरङ समन्वय परिषद नगर अध्यक्ष सुरेस सिंह गनगाई , नेपाल आदिवासी जनजाती महांसघका सल्लाकार भक्त माझी, तथा नेपाल आदिवासी जनजाती महांसघ समन्वय परिषद मोरङका अध्यक्ष मिलन राईले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्