विराटनगरमा ठूलो परिमाणको लागूऔषधसहित एक युवा पक्राउ

<span class='c1'>विराटनगरमा ठूलो परिमाणको लागूऔषधसहित</span> <span class='c2'>एक युवा पक्राउ</span>

विराटनगर, ८ भदौ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले ठूलो परिमाणको लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । ब्यूरोले ६ सय एम्पुल लागूऔषधसहित धरान–११ का २४ वर्षीय उमेश यादवलाई मंगलबार साँझ रानी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । यादवले जिउका विभिन्न भागमा टेपले बाँधेर लागूऔषध धरानतर्फ लान लागेका थिए । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर शाखाका प्रहरी निरीक्षक खड्गनारायण साहले शंकास्पद अवस्थामा पैदल हिंडिरहेका यादवलाई खानतलासी गर्दा उनको साथबाट ६ सय एम्पुल लागूऔषध बरामद भएको जानकारी दिनुभयो । पक्राउ गरिएका यादव लागूऔषध ल्याउने भरियामात्र भएको खुलेको छ । अभियुक्तले आफू जोगबनीस्थित भाभीजीको घरबाट उक्त लागूऔषध धरानका सानु तामाङका लागि लान लागेको बताएका छन् । उनले एकपटक लागूऔषध ओसारेबापत १५ सयदेखि २ हजार रुपैयाँसम्म पाउने गरेको बताए । पक्राउ गरिएका अभियुक्तलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइने लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्