विराटनगरमा मधेशी प्राध्यापक, बुद्धिजिविहरुको मौन र्याली

<span class='c1'>विराटनगरमा मधेशी प्राध्यापक,</span> <span class='c2'>बुद्धिजिविहरुको मौन र्याली</span>

विराटनगर भदौ ९
सिमाङकनको विरोधमा आन्दोलन गर्दै आएको मधेशी मोर्चाको समर्थन गर्दै मधेशी प्राध्यापक , बुद्धिजिवि, शिक्षक एबं पेशाकर्मीहरुले आज विराटनगरमा मौन र्याली प्रदर्शन गरेका छन । मधेशी मोर्चा , नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी लगायत दल आबद्ध मधेशी बुद्धिजिवीहरुले मौन र्याली निकालेका हुन । उनिहरुले मोर्चाको आन्दोलनमा समर्थन गर्दै विराटनगरमा र्याली निकालेका हुन । र्याली पछि स्थानिय जनआन्दोलन चोकमा आयोजना गरीएको कोणसभामा अगुवाहरुले देश कसैको एकलौटी नभई सबैको साझा भएको बताए । उनिहरुले अब बन्ने संविधानमा सबैको अधिकारको रक्षा हुनुपर्ने भन्दै सद्भाव मधेशीहरुले नभड्काएको बताएका छन । कोणसभामा मधेशी अगुवाहरु सुर्यदेव यादव, जीवनारायण झा,शुशिल कुमार झा, राजेन्द्र गुप्ता लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्